पदभार ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले भने : कालीगण्डकी–तिनाउ डाइभर्सन गर्नुपर्छ

144

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै लुम्बिनी प्रदेश प्रमुख शेरचनले कालीगण्डकी–तिनाउ डाइभर्सनको काम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । उनले विवाद समाधान गरेर डाइभर्सनको काम अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।

सर्वोच्च अदालतले डाइभर्सनको काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ ।

उत्तरगंगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए । “गण्डकी प्रदेश प्रमुख हुँदा पनि मैले यहीँ सुझाव दिएको हुँ,” उनले भने,“डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।”

शेरचनले लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको र तिनको सदुपयोग गरेर प्रदेशको विकास गर्नुपर्ने बताए । प्रदेश सरकार, राजनीतिका दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर सुझाव अनुसार आफू अगाडि बढ्ने शेरचनको भनाइ छ ।

गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...