सेनाले बख्तरबन्द गाडीको सडकमा ड्राइभिङ अभ्यास गराउने

553

काठमाडौं । नेपाली सेनाले बख्तरबन्द गाडीको सडकमा ड्राइभिङ अभ्यास गराउने भएको छ ।

सेनाको मेकानाइज्ड युनिटबाट सकल दर्जाहरुको ड्राइभिङ सीप अभिवृद्धि गर्न सडकमा बख्तरबन्दको अभ्यास गराउन लागेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाले जनाएको छ ।

आर्मोर्ड पर्सनल क्यारियर र माइन प्रोटेक्टिभ गाडीहरुको अभ्यास हुन लागेको हो । अभ्यासका लागि सेनाले स्थानीय प्रशासन र प्रहरीसँग समन्वय गर्ने बताएको छ ।

काठमाडौंको सितापाइलामा तैनाथ गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडीको अभ्यास गर्न लागेको हो ।

सो गणले भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गते काठमाडौंमा बख्तरबन्दको अभ्यास गर्ने छ ।

बस्तारबन्दा ब्यारेकबाट स्वयम्भू–बालाजु–चक्रपथ–चाबहिल–गौशला–कोटेश्वर–सातदोबाटो–कलंकी हुँदै ब्यारेक फिर्ता हुने छ ।

यस्तै, धनगढीको बोराडाँडी ब्यारेक र इटहरीको ब्यारेकले पनि अभ्यास गर्न लागेको हो ।

Share This:
सम्बन्धित खबर
Loading...