नेपालमा भेटियो डेल्टा प्रजातिको नयाँ म्युटेन्ट, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

228

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ म्युटेन्ट ‘डेल्टा’ प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरियन्ट र तीन वटामा डेल्टाकै नयाँ म्युटेन्ट पुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीन वटा नयाँ डेल्टा म्युटेन्टको नाम ‘एवाइवान’ राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीद्वारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।

भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...