काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच टेलिफोन सम्वाद भएको छ ।
टेलिफोन वार्तामा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उनीहरुबीच द्विपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन र आपसी चासोका विषयमा कुराकानी भएको हो । त्यस्तै, कोभिड–१९ विरुद्धको लडाइँमा सहयोगसम्बन्धमा समेत उनीहरुबीच छलफल भएको थियो ।
अमेरिकाले यसअघि नेपाललाई कोरोनाविरुद्धको १५ लाख डोज खोप उपलब्ध गराएको थियो ।