२४ घन्टामा थपिए ३८९९ कोरोना संक्रमित, २० जनाको मृत्यु

काेराेना अपडेट

306

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार ६ सय ५५ आरटी पिसिआर र ४ हजार ८ सय ६३ एन्टिजेन गरी कुल १७ हजार ५ सय १८ जनामा परीक्षण गरिएकोमा ३ हजार ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ११ जना र भेन्टिलेटरमा १ सय ७१ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ७ सय ७८ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ । निको हुने दर ९४.४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय ५८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...