संघीयताबारे रवीन्द्र मिश्रको अभिव्यक्तिप्रति जनजाति महासंघको आपत्ति

422

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले सोमबार संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको व्यक्तिगत प्रस्ताव सार्वजनिक गरेपछि यसको चर्को आलोचना भइरहेको छ ।

यसबीच नेपाल आदिवासी जनजाति महासंघले संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रहको प्रस्ताव संविधान विरोधी रहेको भन्दै आपत्ति जनाएको छ ।

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बराम उक्त प्रस्ताव संविधान विरोधी रहेको भन्दै विज्ञप्ति निकालेर विरोध जनाएका छन् ।

संविधान, राष्ट्रियता, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त र नेपाली जनताको विरुद्धमा लाग्ने जो कसैलाई पनि कारबाहीको दायरामा ल्याउन महासंघले नेपाल सरकारलाई आग्रहसमेत गरेको छ ।

महासंघले निकालेको विज्ञप्तिमा चेतावनी दिँदै भनिएको छ, “अन्यथा भएमा नेपाली जनताले कारबाही गर्ने व्यहोरा व्यक्त गर्दछ,” संघीयता खारेजी र धर्मनिरपेक्षतासम्बन्धी अभिव्यक्तिप्रति महासंघ घोर निन्दासहित आपत्ति रहेको विज्ञप्तिमा उल्लेख छ ।

“मुलुकलाई अग्रगामी ढंगले आधुनिक नेपाल बनाउने परिकल्पना गर्ने भनिएको राजनीतिक दलको शीर्षस्थ नेतृत्वमा रहेर यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ,” अध्यक्ष बरामले भनेका छन् ।

May be an image of text

Share This:
सम्बन्धित खबर
Loading...