करेन्ट लागेर महिलाको मृत्यु

141

अर्घाखाँची । करेन्ट लागेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–६ ठूलापोखराकी ४८ वर्षीया कमला रानाको मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चिसो हातले चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

मृतकको पोस्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरी निरीक्षक सूचना अधिकारी गणेश खनालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...