काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा निवास बूढानिलकण्ठमा बिहान ९ बजे बस्ने पदाधिकारी बैठक आशन्न १४औँ महाधिवेशनमा केन्द्रित हुने नेताहरुले बताएका छन् ।
क्रियाशील सदस्यता विवादका कारण कांग्रेस केन्द्रीय कार्यालय सानेपामा कार्यकर्ता धर्ना र आमरण अनसन बसेका छन् । कांग्रेसले क्रियाशील सदस्यता विवाद हालसम्म हल गर्न सकेको छैन ।
आजको बैठकमा रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले प्रतिवेदन बुझाउने बताइएको छ । देशभर १ सय २५ वडामा क्रियाशील सदस्यता विवाद रहेको छ ।
साउन १२ गतेका लागि तय भएको वडा अधिवेशन स्थगित भइसकेको छ । यद्यपि केन्द्रीय अधिवेशन भने निर्धारित मितिमै गर्ने कांग्रेसले बताएको छ ।