टोकियो ओलम्पिक : जापान ८ स्वर्णसहित शीर्ष स्थानमा

222

काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थानमा ओगट्न सफल भएको हो ।

जापानले हाससम्म ८ स्वर्ण, दुई रजत र तीन कास्यसहित कुल १३ पदक प्राप्त गरेको छ । अमेरिका ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक गरी जम्मा १४ पदकसहित दोस्रो स्थानमा छ भने चीन ६ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल १८ पदक जोड्दै तेस्रो स्थानमा छ ।

यस्तै, ४ स्वर्ण, ५ रजत र ३ कास्यसहित रसियन ओलम्पिक कमिटी चौथो स्थानमा रहेको छ ।

बेलायत ३ स्वर्ण, ३ रजत र एक कास्य पदकका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ५० देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...