सातै प्रदेशलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : कम्तिमा एक हजार वटा अक्सिजन सिलिन्डर भरेर राख्नु

434

काठमाडौं । सरकारले प्रत्येक प्रदेशमा कम्तिमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सातवटै प्रदेशमा पत्रचार गरेर कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।

“जनसंख्याको मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिङ–१९को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तीव्ररुपमा बढ्न गइ कोभिड–१९को पुनः अर्को लहर नआउला भन्न सकिँदैन,” स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“अतः भविष्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजार वटा अक्सिजन सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ । साथै मौजुदा सिलिन्डरहरु पनि खाली नराख्नु हुन र अक्सिजन पिएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्सिजन कन्सन्ट्रेटर चालु र चुस्त अवस्थामा राख्नुहुन जानकारी गराइन्छ ।”

मन्त्रालयले अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारी रुपमा लागु नगरिएकाले संक्रमणको तेस्रो लहर आउने आंकलन गरेको हो ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...