स्वास्थ्य राज्यमन्त्रीको स्पष्टोक्ती : मैले सञ्चालन गरेको अस्पताल गैरनाफामूलक हुन्

211

कामठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले सञ्चालन गरेको अस्पतालहरु गैरनाफामूलक भएको दाबी गरेका छन् । सोमबार सांसद्को शिक्षा तथा स्वास्थ्य समितिमा स्पष्टीकरण दिँदै उनले आफूले सञ्चालन गरेका अस्पताल गैरनाफामूलक भएको बताए ।

आफूलाई निजी अस्पतालका सञ्चालक भएको भन्दै आलोचना गरेका विषयमा समितिले उनलाई प्रश्न गरेको थियो । “नाफा नलिने सर्तमा मैले सेवा सञ्चालन गरेको हुँ । सरकारको स्रोत साधनले नधान्ने अवस्थामा हामी सक्ने मान्छेले तेस्रो लहर पनि आउन सक्छ भनेर सेवामूलक अस्पताल सञ्चालन गरेका हौँ,” उनले भने ।

विशुद्ध सेवामूलक भावले अस्पताल सञ्चालन गर्न खोजिएको उनको भनाइ थियो । सरकारी अस्पतालमा जस्तै सस्तो दरमा उपचार तथा पिसिआर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन गर्न लागेको उनले बताए ।

आफू विगत ८ वर्षदेखि स्वास्थ्य तथा शिक्षा समितिमा आबद्ध रहेकाले पनि स्वास्थ्य क्षेत्रको समस्याबारे आफूलाई अवगत रहेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...