२४ घन्टामा थपिए ३४२१ काेराेना संक्रमित, २५ जनाकाे मृत्यु

327

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ४ सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १२ हजार २ सय ४० आरटी पिसिआर र ५ हजार ३२ एन्टिजेन गरी कुल १७ हजार २ सय ७२ जनामा परीक्षण गरिएकोमा ३ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ६९ जना र भेन्टिलेटरमा १ सय ६६ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार साेमबार देशभरबाट १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४५ हजार ३ सय ११ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २५ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...