भारत ३८ रनले विजयी

210

कोलोम्बो । श्रीलंकाविरुद्धको पहिलो टी–२० मा भारत विजयी भएको छ । आइतबार राति भएको खेलमा श्रीलंकालाई ३८ रनले पराजित गर्दै भारतले सिरिजमा १–० को अग्रता लिएको छ ।

कोलोम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

भारतका सूर्य कुमार यादवले अर्धशतकीय पारी खेले । ३४ बल खेलेका यावदले २ छक्का र ५ चौकाको मद्धतमा ५० रन बनाए । यस्तै, कप्तान शिखर धवनले ४६, सञ्जु सामसनले २७, इशान किसानले नटआउट २० रनको योगदान दिए ।

१ सय ६५ रनको लक्ष्य पच्छाएको घरेलु टोली श्रीलंकाले राम्रो सुरुवात गरे पनि मध्यक्रमका खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा १८.३ ओभरमा १ सय २६ रन मात्र बनाउन सक्यो ।

चरिथ असलंकाले ४४, अविस्का फर्नान्डोले २६, दनुस सनकाले १६ तथा मिनोद भनुकाले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा भारतका भुवनेश्वर कुमारले ४, दीपक चाहरले २ तथा क्रणाल पाण्ड्या, वरुण चक्रवर्ती, युजवेन्द्र चाहल र हार्दिक पाण्ड्याले १–१ विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...