काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई निर्मला पन्तको हत्यरा पत्ता लगाउन निर्देशन दिएका छन् ।
आइतबार गृहमन्त्री खाँण र आइजिपी क्षेत्रीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले निर्मला पन्तका हत्यारा पत्ता लागाइ कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले निर्मलाको हत्या भएको तीन वर्ष पुगेको दिन आइतबार गृहमन्त्री खाँण र आइजिपी क्षेत्रीसँग पन्तको हत्यासँग सम्बन्धित अहिलेसम्मको अनुसन्धानबारे जानकारी पनि लिए । उनले जतिसक्दो चाडै दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन समेत दिएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गएको अवस्थामा दोस्रो दिन उसुबारीमा शव भेटिएको थियो ।