ऊर्जामन्त्री भुसालद्वारा ट्रंक लाइन महसुल छिटो उठाउन प्राधिकरणलाई निर्देशन

332

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ट्रंक लाइन महसुल छिटोभन्दा छिटो उठाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएकी छन् ।

आइतबार काठमाडौंको रत्नपार्कस्थित प्राधिकरणमा पुगेर भुसालले ट्रंक लाइन महसुल उठाउने जिम्मा प्राधिकरणको नै भएको भन्दै यस विषयलाई मन्त्रालयसम्म नल्याउन निर्देशन दिइन् ।

लामो समयदेखि ट्रंक लाइन महसुल उठाउन नसक्नु प्राधिकरणको कमजोरी भएको उनले बताइन् । उनले औधोगिक करिडोरका समस्यालाई प्राधिकरणले सम्बोधन गर्न नसकेको जिकिर गरिन् । मन्त्री भुसालले प्राधिकरणको नाफा खुम्चिनु र चुहावट बढेकाले जिम्मेवार भएर काम गर्न निर्देशन दिइन् । उनले प्राधिकरणको चुहावट बढेको जानकारी आफूले पाएको भन्दै तथ्यपूर्ण डाटा पेस गर्न पनि निर्देशन दिइन् ।

कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोनाका कारण विद्युतगृह निर्माणमा ढिलाई भएको बताए । शाक्यले सुख्खा मौसममा प्राधिकरणका आयोजनाहरुबाट उत्पादन घटेको कारण अहिले नाफा खुम्चिएको बताए । उनले प्राविधिक चुहावट केही बढेको पनि बताए ।

कार्यकारी निर्देशक शाक्यले २०७७ असारसम्म १५.२७ प्रतिशतमा झरेको विद्युत् चुहावट बढेर १६.३ प्रतिशत पुगेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...