थप २२३७ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

381

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार २ सय ३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ५ सय ६९ आरटी पिसिआर र ३ हजार २ सय ६५ एन्टिजेन गरी कुल १३ हजार ८ सय ३४ जनामा परीक्षण गरिएकोमा २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ६६ जना र भेन्टिलेटरमा १ सय ६८ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार आइतबार देशभरबाट २ हजार ५० जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ४३ हजार ६ सय १५ पुगेको छ । निको हुने दर ९४.६ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा १८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...