स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

320

काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागबन्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला देउवाले आफ्नो पार्टीका सांसद् श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

योसँगै मन्त्रिपरिषद्को संख्या ६ सदस्यीय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...