ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु : प्रधानमन्त्री देउवा

291

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको बताएका छन् ।

असार शुक्त पूर्णिमा अर्थत् गुरु पूर्णिमा तथा व्यास दिवसका अवसरमा उनले एक सन्देशमार्फत आफ्ना गुरु र सम्पूर्ण गुरुहरुप्रति नमन गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

ज्ञान र चेतनाको माध्यमबाट मानव मनमा नैतिकताको विकास गराउने सदगुरुप्रति जति नै आदर सत्कार गरे कम नै हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ज्ञान प्रदान गरी अज्ञान हटाउने व्यक्ति नै गुरु भएको र मातापिताजस्तै गुरुलाई नि देउता समान मानिएकाले आचार्य देवो भवः भन्ने गरिएको बताए ।

उनले हरेक मानिसलाई सत्मार्ग देखाउँदै शिक्षा र चेतनाले मानव मनमा नैतिकता र सदाचारिताको विकास गराउनेप्रति आदर सत्कार गरेका छन् । गुरु पूर्णिमा कै दिन वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाउने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...