अन्तिम खेलमा श्रीलंका ३ विकेटले विजयी, एकदिवसीय सिरिज २–१ले भारतलाई

503

काठमाडौं । भारतविरुद्धको तेस्रो एकदिवसीय खेलमा श्रीलंका ३ विकेटले विजयी भएको छ ।

भारतले दिएको २ सय २६ रनको मध्यम लक्ष्य श्रीलंकाले ३९औँ ओभरमा ७ विकेटको क्षतिमा भेट्टयो । श्रीलंकाको जितमा अविस्का फर्नान्डोले ७६, भनुका राजापक्षले ६५, चरिथ असलंकले २४ तथा रमेश मेन्डिसले १५ रनको योगदान दिए ।

यसअघि, कोलोम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४३.१ ओभरमा अलआउट हुँदै २ सय २५ रन बनाएको थियो । भारतका ओपनर पृथ्वी शाँले ४९, सञ्जु सामसनले ४६, सूर्य कुमार यादवले ४०, मनिष पाण्डेले १९ तथा नवदीप सैनीले १५ रन जोडे ।

भारतलाई मध्यम योगफलमा समेट्न श्रीलंकाका प्रवीण जयविक्रमा र अकिला धनान्जयले समान ३–३ तथा दुशमन्थ चामिराले २ विकेट लिए ।

अन्तिम खेलमा श्रीलंकासँग ३ विकेटले पराजित भएपनि भारतले एकदिवसीय श्रृंखला २–१ आफ्नो पक्षमा पारेको छ । यसअघि भएको खेलमा भारत ७ र ३ विकेटले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...