सुजिता मृत्यु प्रकरण : आफन्तभित्रकै युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा

315

चितवन । बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी चितवन राप्ती–२ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा आफन्त एक युवकविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दिएका छन् ।

सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी हुन् ।

असार ११ गते साथीलाई तरकारी लिन आउँदैछु भनेर मोबाइलमा म्यासेज पठाएर घरबाट निस्केकी सुजिता १० दिनसम्म बेपत्ता भएकी थिइन् । त्यही दिन दिउँसो फोन गरेर आफू अपहरणमा परेको बताएको दिदी कविताले बताएकी थिइन् ।

तर, सुजिता असार २० गते नजिकैको सामुदायिक वनमा मृत भेटीएकी थिइन् ।

काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गरिएको शवको पोष्ट मार्टम रिपोर्टले सुजिताको हत्या नभएको देखाएको प्रहरीले जनाएको छ । तर, भिसेरा रिपोर्ट भने आउन बाँकी रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...