नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस आज मनाइँदै

349

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३औँ स्मृति दिवस आज मनाइँदै छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं. २००६ वैशाख १० गते नर बहादुर निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनले स्थापना गरेको नेपालमा कम्युनिस्ट पार्टी विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली अनुवाद गरी प्रकाशन गरे । विसं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...