काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको हो ।
परीक्षा उपनियन्त्रक सुवास पन्तकाअनुसार विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् ।
परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ । परीक्षा अवधिमा गाईजात्रा र जनैपूर्णिमाको दिन बिदा दिएर शनिबार पनि परीक्षा सञ्चालन गरिने छ ।
गत जेठ २६ गते तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणको तीव्र गतिमा फैलन थालेपछि स्थगित भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।