सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

471

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपको प्राथमिकता दिने बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको टोलीसँग मंगबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए ।

राष्ट्रिय सहकारी महासंघको सल्लाहकारसमेत रहेका गृहमन्त्री खाँणले भने,“नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ । सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...