कक्षा १२ को परीक्षा भौतिकरुपमै सञ्चालन हुने

613

काठमाडौं । कोभिड–१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न अनुमति दिएको छ । यो अनुमतिसँगै अब कक्षा १२ को परीक्षा भौतिकरुपमै हुने छ ।

सिसिएमसीको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डका अधिकारीको बैठकमा सिसिएमसीले सर्तसहित परीक्षा सञ्चालन गर्न सहमति दिएको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले सिसिएमसीले सर्तसहित कक्षा १२ को परीक्षा सञ्चालन गर्न सहमति दिएको हो ।

अब मन्त्रिपरिषद्को बैठकले परीक्षा सञ्चालन गर्ने निर्णय गरेपछि बोर्डले तयारी थाल्ने छ । बोर्डका सदस्य सचिव दुर्गा अर्यालले सिसिएमसीसँगको बैठकमा परीक्षा सञ्चालन गर्न अनुमति पाएको जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...