ब्राउन सुगरसहित वडाध्यक्ष पक्राउ

537

विरगञ्ज । पर्सा पकाहामैनपुर गाउँपालिका–१ का वडाअध्यक्ष अमेरिका सहानीसहित ३ जनालाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहानीसहित ३ जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पर्सामा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने अन्य दुईजना ४० वर्षीय बलिष्टर सहानी र ५२ वर्षीय रामआदेश सहानी रहेका छन् ।

खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए ।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउन सुगर फेला पारेको थियो ।

उनीहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको खनालले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...