काठमाडौं । सरकारले आर्थिक समुन्नतीलाई केन्द्रमा राखेर पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले पूर्वाधार क्षेत्रको विकासबिना देश समृद्ध हुन नसक्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरेकी हुन् ।
५९औँ इञ्जिनियर्स दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले सबै नेपाली मिलेर समृद्धिको यात्रामा लाग्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले भनिन्,“इमान्दार भएर तीव विकासको गतिमा लाग्नुपर्छ ।” देशलाई समृद्ध बनाउने क्षेत्र बाटोघाटो, कलकारखाना, जलविद्युतलगायत विभिन्न ऊर्जा विकासका आयोजनाका लागि विज्ञान र प्रविधिको विकास आवश्यक छ ।
नेपालको कुनाकाप्चामा आफ्नो जिम्मेवारी निर्वाह गर्दै कार्यक्षेत्रमा खटिएका इञ्जिनियर एकै स्थानमा भेला भइ आफ्ना अनुभव साटासाट गरी आपसी एकता सद्भाव तथा सहकार्यको वातावरण निर्माण गर्नमा यो दिवसले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।