काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनःस्थापना गरेपछि पहिलोपटक आज प्रतिनिधिसभाको बैठक बस्दै छ।
आइतबार अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्न लागेको हो।
आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त संसद् अधिवेशन बोलाउनेसम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा पढेर सुनाउने कार्यसूची रहेको छ ।
यस्तै, राष्ट्रपतिबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची राखिएको छ ।
यसैगरी, सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम १ अनुसार अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।
११ जना पूर्वसांसद्को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।