माओवादी केन्द्र संसदीय दलको बैठक आज बस्दै

108

काठमाडौं । नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज बस्दै छ । माओवादी केन्द्रका सचेतक देव गुरुङका अनुसार संसदीय दलको बैठक आइतबार बिहान ११ बजेका लागि सिंहदरबारस्थित दलको कार्यालयमा बोलाइएको छ ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीबाट देउवा सरकारमा मन्त्रीहरुको सहभागिताका विषयमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रले आफ्ना सांसद्हरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ ।

प्रतिनिधिसभा पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि बनेको सरकारमा माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका छन् ।

माओवादीबाट जनार्दन शर्मा अथए र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।

प्रधानमन्त्री देउवाले एकमहिनाभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएकाले उनले विश्वासको मत लिएपछि मात्र सरकारमा थप मन्त्री पठाउने माओवादी केन्द्रको तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...