१८ वर्ष उमेर पुगेका सबैले कोरोनाविरुद्ध खोप पाउछौँ : स्वास्थ्य मन्त्रालय

453

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही समयभित्र १८ वर्ष उमेर पुगेका सबै नागरिकले खोप पाउने बताएको छ ।

१८ वर्षभन्दा माथिका सबैलाई पुग्ने गरी सरकारले खोप ल्याउने भन्दै त्यसका लागि सरकारले योजना बनाइसकेको मन्त्रालयले स्पष्ट पारेको छ ।

“खोपको आफूर्तिको समस्य समाधान गर्दै अठार वर्षमाथिका नेपाली नागरिकका लागि निःशुल्क खोप लगाउने योजना तयार भइसकेको छ” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“हामी सबैले खोप पाउँछौँ । सबैले संयमित भइ खोप अभियानलाई सफल बनाउनका लागि सहयोग गरिदिनुहन अनुरोध छ ।”

अहिले ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप लगाउने अभियान चलिरहेको छ । मन्त्रालयले साउन १६ गतेसम्ममा चीनबाट किनेको ३२ लाख डोज खोप पनि आइपुग्ने जनाएको छ ।

This image has an empty alt attribute; its file name is image-593x768.png

Share This:
सम्बन्धित खबर
Loading...