दमकबाट २ लाख नगदसहित ११ जना जुवाडे पक्राउ

467

झापा । झापाकाे दमक नगरपालिका–७ हाटखोलाबाट जुवा खेलिरहेको अवस्थामा ११ जना जुवाडे पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा दमक–७ का ४० वर्षीय कर्ण बहादुर राई, ४४ वर्षीय गंगा पाठक, ४० वर्षीय राजन दाहाल, गौरादह–३ का ४२ वर्षीय दिनेश अधिकारी, ३४ वर्षीय अंकित कार्की, गौरादह–८ का ३८ वर्षीय इन्दु कुमार राजवंशी रहेका छन् ।

यस्तै, गौरादह–२ का ३२ वर्षीय निर्मल थापा, दमक–२ का ४२ वर्षीय राम बहादुर धिमाल, दमक–६ का ३३ वर्षीय विजय सिंह, सुनसरी इटहरी–४ का ३५ वर्षीय विक्रम गुरुङ र इटहरी–१९ का २६ वर्षीय मिलन राई रहेका छन् ।

विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले १६ थान कौडा र नगद २ लाख ८ हजार ९५ रुपैयाँसमेत फेला पारी बरामद गरेको छ ।

पक्रउ परेका उनीहरु उपर जुवा ऐन अन्तर्गगत कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...