पहिलो टी–२०मा पाकिस्तान विजयी

361

काठमाडौं । इंग्ल्यान्डविरुद्धको पहिलो टी–२० मा पाकिस्तान विजयी भएको छ । शुक्रबार भएको खेलमा घरेलु टोलीलाई ३१ रनले पराजित गर्दै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ ।

ट्रेन्ट ब्रिजमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा २ सय ३२ रनको विशाल योगफल बनाएको थियो ।

राम्रो सुरुवात गरेको पाकिस्तानका बाबर आजम र मोहम्मद रिजवानले पहिलो विकेटका लागि १ सय ५० रनको शतकीय साझेदारी गरेको थियो । पाकिस्तानका कप्तान आजमले ४९ बलमा ३ छक्का र ८ चौकसहित ८५ रन बनाए भने रिजवाले ६३ रनको पारी खेले ।

यस्तै, फखर जमानले २६, मोहम्मद हफीजले २४ तथा सोहेब मक्सूदले १९ रनको योगदान दिए ।

२ सय ३३ रनको वियजी लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्यान्डले ४ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २ सय १ रन मात्र बनाउन सक्यो ।

खराब सुरुवात गरेको इंग्ल्यान्डका लियम लिभिङ्स्टोनले शतकीय पारी खेले पनि जितका लागि पर्याप्त भएन । उनले ४३ बलमा ९ छक्का र ६ चौकाको मद्धतमा १ सय ३ रन बनाए ।

यस्तै, ज्यासन रोयले ३२, इयान मोर्गान र डेविड विल्लीले समान १६–१६ रन जोडे ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्ने क्रममा पाकिस्तानका शहीन अफ्रिदी र शादाब खानले समान ३–३ तथा इमाद वासिम, मोहम्मद हस्नैन र हरिस रौफले एक–एक विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...