पोखरेल नेतृत्वको सरकार असंवैधानिक र अल्पमतको प्रमाणित भयो, तत्काल राजीनामा दिइयोस् : विपक्षी दल

417

लुम्बिनी । लुम्बिनी प्रदेशका विपक्षी ४ दलले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतको भएको प्रमाणित भएको दाबी गरेको छ ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठक चलिरहेको अवस्थामा बहिस्कार गर्दै अधिवेशन अन्त्य गरेर सरकार आफैँले अल्पमतमा भएको पुष्टि गरेको जनाएको छ ।

“..यस परिघटनाले माननीय शंकर पोखरेलको नेतृत्वको लुम्बिनी प्रदेश सरकार असंवैधानिक र अल्पमतको सरकार हो भन्ने प्रमाणित गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

बिहीबारको प्रदेशसभा बैठक बहिस्कार गर्दै मध्यरातमा अधिवेशन अन्त्य गरेको सरकारले शुक्रबार बिहान अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

भएको संसद् अधिवेशन अन्त्य गर्दै अध्यादेशबाट बजेट ल्याएर प्रदेश सरकारले बलजफ्ती, निरंकुश र श्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्न थालेको विपक्षी गठबन्धनको आरोप छ । यस्तै, गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गर्दै संसदीय परम्पराअनुसार बजेट अधिवेशबाट पारित गर्न जोड दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...