देशभरबाट थपिए २९३६ संक्रमित, १७७५ जना काेराेनामुक्त

काेराेना अपडेट

384

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ९ हजार ६ सय १३ आरटी पिसिआर र ४ हजार ५ सय ६९ एन्टिजेन गरी कुल १४ हजार १ सय ८२ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७८ जना र भेन्टिलेटरमा १ सय ७४ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट १ हजार ७ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ४३ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...