पोखरा । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीलाई हृदयघात भएको छ । महानगरपालिका प्रमुख जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयघात भएको हो ।
अहिले पोखराकै मणिपाल शिक्षण अस्पतालमा प्रमुख जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौंस्थित न्यूरो अस्पतला लैजाने तयारी भएको छ ।
स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । स्वास्थ्यकर्मीले भने, “उहाँ सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।”
प्रेस संयोजक बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।