लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

393

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको चालु आठौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख धर्मानाथ यादवले प्रदेशसभाको चालु अधिवेशन गएराति १२ बजेदेखि अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवि पौडेलले संविधानको धारा १८३(२) अनुसार बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।

यसअघि बिहीबार आर्थिक वर्ष २०७८/७९को बजेट पारित गर्न निर्णायार्थ पेस गर्नु पहिले सत्तापक्षका सांसद्हरु सदन छाडेर प्रदेशसभा बैठकबाट हिँडेका थिए ।

प्रदेशसभाको अधिवेशन अन्त्य भएपछि अध्यादेशबाट बजेट ल्याउने प्रदेश सरकारको तयारी छ ।

Share This:
सम्बन्धित खबर
Loading...