महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त

498

काठमाडौं । महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेर बहादुर देउवाको सिफारिसमा बाजुरा निवासी खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...