एमालेको विरोधका बाबजुद गण्डकी प्रदेशको बजेट पारित

434

गण्डकी । गण्डकी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोध र नाराबाजीकाबीच आगामी वर्ष २०७८/७९ को बजेट पारित भएको छ ।

बुधबार सभामुख नेत्रनाथ अधिकारीले विनियोजन विधेयक प्रस्तुत गर्न मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई समय दिएपछि प्रतिपक्षी सांसद्हरु आक्रोशित बनेका थिए ।

पर्याप्त छलफल बिना नै बलमिच्याईं ढंगले विधेयक पास गर्न लागेको भन्दै एमाले आक्रोशित बनेको हो । एमालेका सांसद्हरुले रोष्टम घेराउ गरेर मुख्यमन्त्री पोखरेललाई रोक्ने प्रयास गरेका थिए । तर, पोखरेलले अवरोधकै बीच बजेट पारित गरियोस भन्ने प्रस्ताव पेस गरेका थिए ।

मार्सल लगाएर बजेट पास गराउन खाजेको भन्दै एमाले सांसदहरुले नाराबाजी गर्दै सदन बहिष्कार गरेका थिए । उनीहरु बाहिरिए पनि सभामुखले सदन अघि बढाउदै बैठकमा निर्णयार्थ पेस भएको विनियोजन विधेयक पास गरिएको हो ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...