काठमाडौं । निर्वतमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समर्थक युवा संघका कार्यकर्ताले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालको पुत्ला दहन गरेका छन् ।
बुधबार भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका कार्यकर्ताहरुले त्यहाँबाट फर्किएर संघका कार्यकर्ताले कोटेश्वर–बालकुमारीबीचको आकाशे पुलनजिमै माधव नेपालविरुद्ध नाराबाजी गर्दै नेपालको पुत्ला जलाएका हुन् ।
आफ्नै पार्टीको सरकार ढालेर विपक्षीसँग साँठगाँठ गरेको भन्दै युवा संघका कार्यकर्ताहरुले नेता नेपालको पुत्ला जलाएर विरोध गरेका हुन् ।