गृहमन्त्री रोज्नुको अर्थ देउवाको प्राथमिकतामा चुनाव : पोखरेल

289

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावाई प्राथमिकता राखेको दाबी गरेका छन् । अर्थमन्त्रालयको सट्टा गृह रोज्नु चुनावलक्षित रणनीतिको संकेत भएको उनको भनाइ छ ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,“नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अब चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।”

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड गृहमन्त्री भएका छन् । अर्थमन्त्री नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा बनेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...