काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) तत्काल सरकारमा सहभागी नहुने भएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले मंगलबार साँझ पद तथा गोपनीयताको शपथग्रहण गरेर केही मन्त्रीहरुको पनि शपथ ग्रहण गराउने तयारी गरिरहेको भएपनि जसपाले केही दिनपछि मन्त्री पठाउने निर्णय गरेको हो ।
जसपा नेता मोहम्मद इस्तियाक राईले ४–५ दिनपछि मात्रै मन्त्रीहरुको नाम टुंग्याएर सरकारमा सहभागी हुने निर्णय भएको जानकारी दिए ।
सरकारमा सहभागी हुने विषयमा छलफल गर्न मंगलबार जसपाले पार्टी कार्यालयमा कार्यकरिणी समिति सदस्य र सांसद्हरुको भेला बोलाएको थियो ।