रामेछापबाट बुद्धचित्तसहित चारजना पक्राउ

317

रामेछाप । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका–१ स्थित खैरेनीघाट पुलबाट असार २७ गते सशस्त्र प्रहरीले १२ किलो बुद्धचित्तसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काभ्रे जिल्लाको तिमाल गाउँपालिका–९ बस्ने ३८ वर्षीय डुप्साङ थोकर, ३१ वर्षीय धिरज तामाङ, ३५ वर्षीय रबिन लामा र २९ वर्षीय जगत तामाङ छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त बुद्धचित्त फेला पारेको हो ।

पक्राउ परेकाहरुलाई बरामद बुद्धचित्तसहित आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय रामेछापमा बुझाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...