५० वर्षमाथिका सबै शिक्षक, यातायात मजदुरदेखि शरणार्थीसम्मलाई खोप लगाइने

270

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको चिनियाँ भेरोसेल तथा अमेरिकाले उपलब्ध गराएको जोन्सन एन्ड जोन्सनको खोप लगाउने प्राथकिता निर्धारण गरेको छ ।

भेरोसेल खोप ५५ वर्षमाथिका सबै विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी तथा सार्वजनिक यातायातका कर्मचारीलाई प्राथमिकतामा राखेर दिइने भएको छ ।

त्यस्तै, अत्यावश्यक सेवामा कार्यरत खोप लगाउन बाँकी र खोप अनिवार्य देशमा जाने नेपाली नागरिकलाई स्वास्थ्य सेवा विभागले जनाएको छ ।

जोन्सनको खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपांगता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइने भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...