गण्डकी प्रदेशमा भेटियो कोरोनाको नयाँ ‘डेल्टा’ भेरियन्ट

509

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट फेला परेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको हो ।

नयाँ भेरियन्टको आशंकामा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणका लागि काठमाडौंस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

स्याङ्जाको कालीगण्डकीका १४ र ६० वर्षीय दुईजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३, ४० र ७० वर्षीय ३ महिलामा नयाँ भेरियन्ट पुष्टि भएको प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...