मेलम्ची पुगेर प्रधानमन्त्रीले भने–‘मेरो लागि राजनीतिभन्दा जनता प्यारो’

433

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना लागि राजनीतिभन्दा जनता प्यारो भएको बताएका छन् । सिन्धुपाल्चोकको मेलम्चीमा आज आयोजिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

गत असार १ गते सिन्धुपाल्चोकको विभिन्न क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवलोकनपछि मेलम्ची बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीति विषम् परिस्थितिमा भए पनि यहाँको जनताको दुःख बुझ्न आफैँ आएको बताए । “तपाईंहरुलाई थाहा छँदैछ अहिलेको राजनीतिक अवस्था तर मलाई त्योभन्दा तपाईंहरुको पीडा र दुःख महत्वपूर्ण लागे त्यसकारण म यहाँ आएँ,” ओलीले भने,“जनताका समस्या समाधान गर्नु मेरो प्रमुख दायित्व हो ।”

प्रधानमन्त्री ओलीले बाढी पीडितलाई राहत वितरण गर्दा एकद्वार प्रणाली अपनाउनसमेत आग्रह गरे । “कसैलाई राहत दिन मन लागे ल्याएर स्थानीय तहलाई जिम्मा दिनुहोस्,” प्रधानमन्त्री ओलीले भने,“कसलाई कति राहत आवश्यक छ भनेर जनप्रतिनिधिले जान्नुहुन्छ । उहाँहरुले त्यसैअनुसार वितरण गर्नुहुन्छ ।”

Share This:
सम्बन्धित खबर
Loading...