आफ्नै दाजुको हत्या गरेको आरोपमा युवक पक्राउ

358

मोरङ । आफ्नै दाइको हत्या गरेका आरोपमा प्रहरीले मोरङमा एक युवकलाई प्रकाउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका साजन सिंहलाई प्रकाउ गरेको हो ।

घरयासी विवाद हुँदा शुक्रबार राति साढे १० बजे साजनले आफ्नै दाइ ४२ वर्षीय भोला सिंहलाई धारिलो हतियार प्रहार गरेका थिए ।

भाइको हतियार प्रहारबाट गम्भीर भएका भोलाको उपचारका क्रममा विराट अस्पतालमा मृत्य भएको प्रहरीले जनाएको छ ।

३१ वर्षीय साजनले शुक्रबार राति आफ्नै दाजुको हत्या गरेको र राति नै उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका साजनविरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान सुरु गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...