नुवाकोटमा भेटियो ‘डेल्ट’ र ‘डेल्टा प्लस’का संक्रमित

327

नुवाकोट । नुवाकोट जिल्लाका ३ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टा(बी.१.६१७.२)’ र एकजनामा ‘डेल्टा प्लस(बी.१.६१७.२+)’ फेला परेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चार स्वाबको नमुना परीक्षण गर्दा उनीहरुमा उक्त भेरियन्ट पुष्टि भएको हो ।

डेल्टा भेरियन्टभन्दा कोरोनाको डेल्टा प्लस भेरियन्ट ६० देखि १०० प्रतिशतभन्दा बढी संक्रामक रहेको विभिन्न अनुसन्धानले पुष्टि गरेको छ ।

डेल्टा प्लस भेरियन्ट बालबालिकादेखि वृद्धवृद्धासम्मका सबै उमेर समूहका व्यक्तिहरुलाई उच्च संक्रमण गर्न सक्ने र फोक्सोमा बढी असर पार्नसक्ने क्षमता रहेको छ ।

यसले तेस्रो लहर ल्याउन सक्नेतर्फ विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...