जेनी कुँवरको सुसाइड नोट : ‘मेरो मृत्युमा कसैको दोष छैन, प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला’

827

काठमाडौं । नायिका तथा निर्माता जेनी कुँवरको मृत्यु अघि लेखेको (सुसाइड नोट) फेला परेको छ । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । बिहीबार राति ८ बजे काठमाडौंको थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा नायिका कुँवर झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

नायिका कुँवरको शव फेला परेको ठाउँमा प्रहरीले पत्र ९सुसाइड नोट० भेटेको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । उक्त पत्रमा ‘मेरो मृत्युमा कसैको दोष छैन । प्रहरीले पनि सोही हिसाबले हेर्नुहोला,’ भनी लेखिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार, पत्रमा आत्महत्या गर्नुको कारण लामो समयदेखि बिरामी रहेको, मानसिक अवस्था ठीक नभएको र जति औषधिले पनि केही काम नगरेको उल्लेख छ । डेढ पृष्ठ लामो सुसाइड नोट कुँवर आफैँले लेखेको हो वा होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

यद्यपि प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको खुलेको र घटनाबारे मुचुल्का उठाएर नायिका जेनी कुँवरको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ ।

‘जिन्दगानी’ नामक फिल्मबाट अभिनय यात्रा सुरु गर्नुभएको कुँवरले मैदान, जीवनदाता, कानुन, अभिमन्यू, बिन्तिपत्र, मलाई माफ गरिदेऊ लगायतका थुप्रै चलचित्रमा अभिनय गरिसकेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...