चीनबाट आइपुग्यो ८ लाख डोज ‘भेरोसेल’ खोप

377

काठमाडौं । चीनसँग खरिद गरिएको कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’को ८ लाख डोज काठमाडौं आइपुगेको छ।

आज बिहान नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी विमानले चीनको बेइजिङबाट ८ लाख डोज खोप ल्याएको स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए । “आज बिहान वाइडबडीले पहिलो चरणमा ८ लाख डोज खोप ल्याएको छ,” गौतमले भने ।

नेपालले चीनको सिनोफार्म कम्पनीबाट ४० लाख डोज खोप खरिद गरेको छ । त्यसमध्ये पहिलो खेपमा निगमको जहाजले ८ लाख डोज खोप ल्याएको हो ।

त्यस्तै, दोस्रो खेपका लागि असार ३१ गते निगमको जहाज चीन जाने कार्यतालिका रहेको छ । तेस्रो खेपमा खोप ल्याउन निगमको जहाज साउन ७ मा चीन जाने भएको छ।

आज ल्याइएको खोप ५५ वर्षभन्दा माथिका नागरिकलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अर्को साताबाट खोप लगाउने तयारी रहेको खोप शाखा प्रमुख डा. गौतमले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...