मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

252

भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो साझा पेट्रोलपम्प अगाडि आफैँ चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्खुवासभा चैनपुर घर भइ हाल सिन्धुपाल्चोक बाह्रबिसे बस्ने ४३ वर्षीय प्रकाश भट्टराई रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

बिहीबार साँझ काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा९३प९६५२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडकको बाँयापट्टीको रेलिङमा ठाक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका भट्टराईको मध्यपुर अस्पताल थिमिमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...