अनुसन्धानको नयाँ क्षेत्रमा लाग्न नेपाली वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

569

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)द्वारा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गर्न आग्रह गरेका हुन् ।

‘समृद्ध नेपाली सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न नेपाल सबै क्षेत्रमा अगाडि बढ्न आवश्यक रहेको उनको भनाइ थियो ।

सामाजिक न्यायका सवालदेखि शिक्षा क्षेत्रमा भएका उपलब्धीलाई कसैले बिर्सन नहुने उनले बताए । त्यस्तै उनले आफूले मृगौला प्रत्यारोपण नेपालमा नै गरेको भन्दै स्वास्थ्य क्षेत्रले पनि निकै फड्को मारेको धारणा राखे ।

उनले खोज र अनुसन्धानको क्षेत्रमा केही नयाँ–नयाँ अनुसन्धान गर्न नेपाली वैज्ञानिकहरुलाई आग्रह गरे । उन्नत प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन आवश्यक रहेको भन्दै त्यो क्षेत्रमा अनुसन्धान गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले विज्ञान प्रविधिको प्रयोग नगरेसम्म मुलुकको विकास र समृद्धि पूरा नहुने बताए ।

सो अवसरमा प्रधानमन्त्री एवम् नाष्टका कुलपति ओलीले नाष्टबाट प्रदान गरिएको विभिन्न विज्ञान तथा प्रविधि पुरस्कारबाट नेपाली वैज्ञानिहरुलाई पुरस्कृत गरे ।

यस वर्षको प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष नेपाललाई, कुलपति राष्ट्रिय नव प्रवर्द्धन पुरस्कार आविष्कार केन्द्रलाई, विज्ञान पुरस्कार डा.उत्तमबाबु श्रेष्ठलाई, प्रविधि पुरस्कार डा.शेर बहादुर पुनलाई, विज्ञान तथा प्रविधि डा.रेश्मा तुलाधरलाई, विज्ञान शिक्षक पुरस्कार नातीकाजी महर्जनलाई र विज्ञान तथा प्रविधि दुईजनालाई प्रदान गरियो ।

Share This:
सम्बन्धित खबर
Loading...